मासुको निहुँमा बाबुले गरे छोराको हत्या !

October 13, 2021 1:10 pm

सल्यान । सल्यानमा बुवाले खुर्पा प्रहार गरी छोराको हत्या गरेका छन्।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नं १० का ५६ वर्षीयले बाबु निमबहादुर कुँवरले खुर्पा प्रहार गरी ३३ वर्षीय छोरा रुपलालको हत्या गरेको प्रहरीले जनाएको छ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बुवाको खुर्पा प्रहारबाट छोराको घटनास्थलमै मृत्यु भएको बताए।

‘घटना गएराति करिब पौने दश बजेतिरको रहेछ,’ थापाले भने।

मदिराले मातेका बुवा(छोराका बीचमा भनाभन हुने क्रममा बुवा निमबहादुरले छोरा रुपलाललाई एकाएक खुर्पा प्रहार गरेको भन्ने खबरपछि राति नै प्रहरी पुगेर आरोपितलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले जानकारी दिए।

निमबहादुरको बयान अनुसार झगडाको प्रमुख कारण मासुको विवादलाई लिएर उत्पन्न भएको देखिन आएको डिएसपी थापाले बताए।

मंगलबार दिउँसो गाउँमै राँगा काटेको र भागबण्डा गर्ने क्रममा बाबु निमबहादुरले आफूलाई हड्डी(हड्डी मात्रै दिएको भनेर विवाद सुरू गरेपछि छोरा रुपलालले बाबुलाई धकलेर घर जान भनेका थिए।

सार्वजनिक रूपमै छोराले आफूलाई धकेलेर अपमान गरेको भन्दै बुवा निमबहादुर आक्रोशित भएका र रातिमा छोरा बुवाको घरमा पुग्दा मदिराले मातेका दुबैका बीचमा फेरि त्यही कुरा उठेपछि एकाएक बुवाले छोराको घाँटीमा खुर्पा प्रहार गरेको भन्ने खुल्न आएको डिएसपी थापाले बताए।

रुपलालको शव बुधबार बिहान पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलंगा ल्याउन थालिएको डिएसपी थापाले जानकारी दिए।

घटनास्थल सुदूरमुकामदेखि धेरै टाढा पर्छ,’ डिएसपी थापाले भने, हत्या आरोपित बुवालाई पनि जिल्ला प्रहरी कार्यालय ल्याउन थालिएको छ।’

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

          October 13, 2021 1:10 pm | विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित