मदरसा बनाउने जग्गासहित भवन निर्माण गरिदिने दुर्गा प्रसाईंको घोषणा

October 9, 2021 2:56 pm

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको नगरक्षेत्र कै एकमात्र मुस्लिम धार्मिक विद्यालय तालिमुल मदरसाका लागि जग्गासहित भवन निर्माण गरिदिने एकजना दानवी।ले घोषणा गरेका छन् ।

यहाँस्थित बि एण्ड सी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले मुस्लिम बालबालिका अध्ययनरत मदरसाले निर्माण गर्न २५ लाख रुपैयाँ बराबरको १ कठ्ठा जमिन र पितृहरुको नाममा एउटा भवन निर्माण गरिदिने घोषणा गरेका हुन् ।

विद्यालय परिसरमा आज आयोजित विशेष कार्यक्रमका प्रमुख अतिथि प्रसाईले बिर्तामोड नगरपालिकामा एकमात्र मुस्लिम बालबालिका अध्ययन गर्ने धार्मिक बिद्यालय भएकाले यसलाई साझा सम्पत्तीको रुपमा विकास गर्नु आफ्नो पनि दायित्व भएकाले यथासक्य सहयोग गर्ने ईच्छा ब्यक्त गरेको बताए ।

सो कार्यक्रममा स्थानीय युवा तथा जग्गादाता कैलाश प्रसाइको विशेष आतिथ्य रहेको थियो भने विद्यालयका संस्थापक अध्यक्ष गुलाम नबीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । मदरसाका शिक्षक मानुसी राजवंशीले अतिथिहरुलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अफ्रोज खानले गरेका थिए ।

          October 9, 2021 2:56 pm | मुख्य समाचार,शिक्षा,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित