प्याब्सन कमलले गर्यो चाडपर्व विशेष शुभकाना आदान प्रदान र परिचयात्मक कार्यक्रम

October 9, 2021 9:13 am

कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कमल गाउँपालिका समितिले शुक्रबार एक कार्यक्रमका बीच नेपालीहरुका मुख्य चाडपर्वहरु विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्याब्सन कमलले शुभकामना आदान प्रदान कार्यक्रमसँगै हालै सम्पन्न प्याब्सन कमलको निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुबीच परिचयात्मक कार्यक्रमसमेत गरेको छ ।

सो कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कोभिड–१९ का कारण निजी विद्यालय लामो समयसम्म बन्द गर्नुपर्दा आर्थिक क्षति ब्यहोर्नु परेको स्मरण गर्दै कोरोनाको कहर घट्तै गएको र स्थिति समान्य हुँदै गएकोले विद्यालय सञ्चालनमा आउनु सकारातमक संकेत भएको बताइन् ।

प्याब्सन कमलका अध्यक्ष बदीराम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्तब्य राख्दै उनले कोभिड–१९ संक्रमणको त्रास कायमै रहेकाले ठूलो कार्यक्रम गर्न नसकिए पनि भर्खरै सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले परिचयका लागि उपयुक्त अवसर बनाएकोले छरितो गरी आयोजना गरिएको बताए ।

स्मरणीय छ, भदौ २८ गते सम्पन्न प्याब्सन कमलको दोस्रो अधिवेशनबाट अध्यक्षमा बदीराम राई, सचिवमा दिपक संग्रौला, कोषाध्यक्षमा रामप्रसाद आङ्गदेम्बे चयन भएका थिए । समितिको सदस्यहरुमा रिता खनाल, गोविन्द तिवारी, तिलोचन गौतम, केशव तिम्सिना निर्वाचित भएका निर्वाचन समितिका संयोजक रामहरि घिमिरेले जानकारी दिएका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने, प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागोलगायतले चाडपर्व विशेष शुभकामना दिँदै तथा नवनिर्वाचित समितिलाई बधाईसहित कार्यकाल सफताको शुभकामना दिएका थिए ।

प्याव्सन कमलका सचिव दिपक संग्रौलाले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई महासमिति सदस्य हरेन्द्र बस्नेतले शाब्दिक स्वागत गरेका थिए ।

          October 9, 2021 9:13 am | शिक्षा,समाज,स्थानीय तह


प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित