पूर्वेलीमा सामान किन्दा महालक्ष्मीको दुई लाखको जीवन बीमा !

October 8, 2021 8:45 pm

बिर्तामोड । यहाँस्थित शनिस्चरे रोडमा संचालित पूर्वेली सप्लायर्सबाट कुनै पनि इलेक्ट्रोनिक सामानको खरिदमा ग्राहकले दुई लाख रुपैयाँ बराबरको जीवन बीमा र एक लाख रुपैयाँको घातक रोग बीमा सुविधा प्राप्त गर्ने सम्बन्धी आज सम्झौता गरिएको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र पूर्वेली सप्लायर्सको सहकार्यमा ग्राहकलाई महालक्ष्मीको बीमा सुविधा दिने नयाँ अभ्यासको थालनी गरिएको हो ।

पूर्वेली सप्लायर्सको संचालक रघुनाथ सुबेदी र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड प्रदेश १ उपक्षेत्रीय प्रबन्धक गुन्जन थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो योजना २०७८ माघ महिनासम्म रहने जनाइएको छ ।

पूर्वेली सप्लायर्सका कुनै पनि सामान खरिदमा महालक्ष्मीका विमित, अभिकर्ता र कर्मचारीहरुलाई १० देखि २० प्रतिशतसम्म छुट प्रदान गरिने पनि सञ्चालक सुबेदीले जानकारी दिएका छन् ।

पूर्वेली सप्लायर्सले रेफ्रिजेरेटर, एसी, वासिङ्ग मेशिन, भ्याकुम क्लिनर, आइरन लगायतका विधुतीय सामग्रीहरु बिक्री गर्दै आएको संचालक सुबेदीले बताएका छन् ।

महालक्ष्मी लाइफ इन्सुरेन्सले बजारमा दोब्बर रकम प्राप्त हुने डब्बल योजना, तीन गुणासम्म जोखिम बहन हुने व्यापारिक वर्गका लागि वार्षिक धनफिर्ता र बच्चाको रक्षावरणका लागि ४५० प्रतिशतसम्म सुविधा प्राप्त हुने जीवन हेरचाहजस्ता आकर्षक योजना सञ्चालन गरेको प्रबन्धक गुन्जन थापाले जानकारी गराएका छन् ।

          October 8, 2021 8:45 pm | अर्थतन्त्र,राष्ट्रिय समाचार,लोकप्रिय

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित