महेन्द्र रत्न माविमा व्यवस्थापन समितिका लागि निर्वाचन

October 5, 2021 7:46 pm

कमल । कमल गाउँपालिका २ समयगढस्थित महेन्द्र रत्न माद्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्वाचन गरिएको छ । हिजो असोज १८ गते सम्पन्न मतदानमा खेमराज श्रेष्ठ (१३८), डिल्लीबहादुर भण्डारी (१३७), दीपाकुमारी पौडेल (१३४) र धनमाया अधिकारी (१३१) मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

हिजो निर्वाचित विद्यालय व्यवस्थापन समितिका सदस्यहरु तथा पदेन सदस्यहरुको उपस्थितिमा आज पहिलो बैठक बसेर पवन राई र सम्झना विकलाई सर्वसम्मत समितिमा मनोनयन गरेको थियो । सो पछिको बैठकले पवन राईलाई अध्यक्ष पदमा चयन गरेको शिक्षक विजयकुमार अधिकारीले जानकारी दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिमा चन्द्रप्रसाद सिटौला (शिक्षक प्रतिनिधि) तारानाथ न्यौपाने (वडाध्यक्ष, पदेन सदस्य) बालकृष्ण संग्रौला (प्रधानाध्यापक, पदेन सदस्य सचिव) रहेका छन् ।

शिक्षा ऐन तथा शिक्षा नियमावली (संशोधनसहित)ले सामुदायिक माद्यमिक विद्यालयमा अभिभावकहरू मध्येबाट चुनिएका कम्तीमा २ जना महिलासहित ४ जना, शिक्षकमध्येबाट एकजना शिक्षक प्रतिनिधि तथा सम्बन्धित वडाका वडा अध्यक्ष (पदेन सदस्य) र सम्बन्धित विद्यालयका प्रधानाध्यापक (सदस्य सचिव) रहने गरी ७ जनाको विव्यस गठन गर्नुपर्छ ।

समितिले बैठकबाट शिक्षाप्रेमी, बुद्धिजीवी, चन्दादाता मध्येबाट मनोनयन गरेका कम्तीमा एक महिलासहित २ जना गरी ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति रहने व्यवस्था छ ।

          October 5, 2021 7:46 pm | मुख्य समाचार,शिक्षा,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित