पिआर परेको खुसीयालीमा सताक्षीधामका साधु सन्तलाई जाडोको कपडा तथा खाद्य सामाग्री प्रदान

September 25, 2021 10:39 pm

शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधामका साधु सन्तलाई पदार्थ वितरण गरिएको छ ।

शिवसताक्षी ११ निवासी कालीप्रसाद रिजाल र महामाया रिजालले उक्त खाद्य पदार्थ प्रदान गरेका हुन् । रिजाल सम्पत्तीकी अस्ट्रेलियामा बस्दै आएकी छोरी रितिसा रिेजालले उक्त खाद्य बस्तु सहयोग गरेकी हुन् ।

अस्ट्रेलियामा बसोबासका लागि अनुमति ( पीआर ) पाएको खुसीयालीमा उनले बुबा आमा मार्फत खाद्य सामाग्री पठाएर सहयोग गरेको उनका बुबा कालीप्रसाद रिजालले बताए ।

साधु सन्त तथा त्यहाँ आश्रित ज्येष्ठ नागरिक गरी १७ जनालाई जाडोमा ओड्ने ब्लाङकेट, चामल, दाल, नुन, तेल, बेसार र नगद प्रदान गरिएको थियो ।, उनीहरुलाई २५ हजार बराबरको जाडोमा ओड्ने कपडा लगायत खाद्य सामाग्री प्रदान गरिएको हो ।

रिजाल श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दूधे प्रधानाध्यापक हुन् ।

          September 25, 2021 10:39 pm | विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित