कमल गाउँपालिकद्वारा वालमैत्री शासनयुक्त स्थानीयतह घोषणा कार्यक्रमलाई तिव्रता

September 23, 2021 7:17 pm

कमल । झापाको कमल गाउँपालिकाले वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा अभियानलाई तिव्रता दिएको छ ।

“खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ आगामी फागुन मसान्तसम्ममा गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा गर्ने कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाएको छ ।

बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये ११ वटा सुचक पुरा भएका छन् । अन्य धेरै सुचकको नजिक पुगेको गाउँपालिकाले जनाएको छ । सबै प्रकृया पुरा गरी फागुन मसान्त सम्ममा वाल मैत्री स्थानीय तह घोषणा गर्न सकिने कमल गाउाँपलिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

यसैगरी सबैभन्दा पहिले बालमैत्री वडा घोषणा गर्ने वडालाई विकास बजेटबाट १० लाख रुपैया र सबै भन्दा पहिले बालमैत्री घोषणा गर्ने सामुदायिक विद्यालय अन्तर्गत पहिलो हुनेलाई १ लाख ५० हजार दोस्रो एक लाख र तेस्रो ५० हजार रुपैयाबाट प्रोत्साहन स्वरुप नगद प्रदान गरिने अध्यक्ष काफ्लेले जानकारी दिइन् ।

          September 23, 2021 7:17 pm | विविधा,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित