स्याटरडे स्कूल ५ वर्षमा

September 18, 2021 8:06 pm

बिर्तामोड । यहाँस्थित स्याटरडे स्कूलले आज आफ्नो ५औँ वार्षिक उत्सव मनाएको छ ।

आज शनिबार विद्यार्थीहरुलाई बृक्षारोपण र बगैंचा व्यवस्थापनको कक्षा दिँदै वार्षिक उत्सव मनाइएको प्रिन्सिपल सरोज खरेलले जनाएका छन् । मेचीनगर ९ स्थित डी एण्ड डी बायो प्लान्टेकका सञ्चालक डिल्ली उप्रेतीले कक्षाको सहजीकरण गरेका थिए ।

कार्यक्रममा नानी बाबुहरुलाई वातावरण संरक्षणसँगै बृक्षारोपणको महत्वबारे जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिनुका साथै बिरुवा वितरणसमेत गरिएको थियो ।

बालबालिकाहरुमा अतिरिक्त ज्ञान तथा सीपको आवश्यकतालाई बुझेर बिर्तामोडमा ५ वर्ष अघि सो विद्यालय सञ्चालनमा ल्याइएएको हो । विद्यालयले नृत्य, गायन, संगीत, हस्तकला, उद्घोषण लगायतका विषयमा कक्षा सञ्चालन गर्दैछ । सो विद्यालयबाट हालसम्म ४०० भन्दा बालबालिकाले शिक्षा लिइसकेको प्रिन्सिपल खरेलको भनाई छ ।

शनिबारको समय, विद्यालय छुट्टी हुने कारण बालबालिकाहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुलाई अतिरिक्त विषय तथा व्यवहारिक सीपमा दक्ष बनाउन स्याटरडे स्कूल सञ्चालनमा ल्याइएको संस्थापक प्रणित पुडासैनीले बताएका छन् । अबदेखि मोवाइल रिपेयरिङ, व्युटिसियन, इलेक्ट्रिसियन जस्ता व्यवहारिक विषयमा पनि बालबालिकालाई कक्षा दिइने संस्थापक पुडासैनीले योजना सुनाए ।

          September 18, 2021 8:06 pm | शिक्षा,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित