हकदावी गर्न आउने सम्बन्धी एनएमसीको सूचना

September 14, 2021 7:57 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP

प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/५/२८

जिल्ला झापा मेचीनगर– १० बस्ने स्व. बिक्रम सुब्बा (सदस्य नं. ५१९९०) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल भाद्र १३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१० बस्ने निजकी श्रीमती सुनिता माग्मंूले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल भाद्र २२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी धुलाबारी कार्यालय

…………………………………………………………………………………………………………………………………………………….

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/५/२८

जिल्ला झापा मेचीनगर– १० बस्ने स्व. होमप्रसाद चम्लागाई (सदस्य नं. ७०७७२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल साउन ७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर– १० बस्ने निजका श्रीमती शषकुमारी चम्लागाई आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल भाद्र ३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

—  एनएमसी धुलाबारी कार्यालय

 

          September 14, 2021 7:57 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: