सांसदहरूलाई ओलीको निर्देशन :सभामुखलाई माइक नहान्नू, अरूको काँधमा नचढ्नू

September 12, 2021 2:27 pm

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् अवरोध गरेको स्पष्ट पारेको छ ।

आज आइतवार बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गरेको बताए ।

सभामुखले संसदका एजेन्डा प्रतिपक्षीलाई थाहै नदिएको भन्दै अध्यक्ष ओलीले देशलाई मतभेद र कलहतिर लैजाने प्रयास भइरहेको बताए। उनले सरकार र सभामुखको स्वेच्छातारीताको सशक्त विरोध गर्न सांसदहरूलाई निर्देशन दिँदै मर्यादामा बस्न पनि सचेत गराए ।

दुई दिनका बैठक अवरोध भइसकेको र अझै अवरोध गर्नुपर्ने ओलीको भनाइ छ । उनले संसदमा मर्यादित बन्न पनि निर्देशन दिए।

‘माननीयज्यूहरूलाई आग्रह गर्छु, हामीले तोकिएका मात्रै नारा लगाउनेछौँ, तोकिएका व्यवहार मात्रै गर्छौँ, बेलबाट मात्रै नारा लगाउँछौँ, नारा चर्को र सामान्य भन्ने कुरा अवस्थाले निर्धारण गर्छ । नारा लगाउने र बेलमा जाने भन्दा बाहिरको मर्यादामा जान हुन्न । कतिपय साथीहरूले सभामुखलाई माइक हान्ने योजना थियो भन्नुभएछ, त्यस्तो गर्नुहुँदैन, नभएको कुरा मिडियामा बोल्न पनि हुँदैन । सबैले जिम्मेवारीपूर्वक बोल्नुपर्छ । काँध चढेर माथि जाने र माइक हान्ने व्यवहार देखाउनै हुन्न ।’

          September 12, 2021 2:27 pm | मिडियाबाट साभार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: