प्रथम स्टार म्यूजिक एण्ड फिल्मस अवार्ड आयोजना गरिँदै

September 9, 2021 7:46 pm

काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस् अवार्ड आयोजना गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रम घोषणा गरिएको हो ।

अवार्ड ८४ विधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखि असोज ५ गतेसम्म फारम खुल्ला रहने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रममा फिल्मका निर्देशक, कलाकार, प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाई प्रोत्साहन र सम्मान गरिने जनाइएको छ ।

अवार्डमा दुई दशकभन्दा लामो समय बिताएका एक श्रष्टालाई नगदसहित लाइफटाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने आयोजकले जनाएको छ । कोरोना महामारीले सुस्ताएको गीत संगीत र त्यससँग सम्बन्धित सबै पक्षलाई समेटेर अवार्ड गर्न लागिएको रिबिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए ।

यस क्षेत्रमा योगदान पुर्याउने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्डसमेत प्रदान गरिने अध्यक्ष लोप्चनको भनाई छ । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिँदै आएका व्यक्तिहरुलाई पनि सम्मान गरिने बताएका छन् ।

अवार्डमा २०७७/०७८ भित्रका गीत संगीतलाई समावेश गरिने छ भने चलचित्रको हकमा २०७३ देखि हालसम्म बनेका चलचित्रलाई समावेश गरिनेछ । अवार्डका लागि कलाकार छनोट पछि एस एम एस भोटिङ्बाट आएको अंकलाई ५० प्रतिशत र जुरिको निर्णय ५० प्रतिशत हुने आयोजकले बताएको छ ।

अवार्ड कार्यक्रम २०७८ असोज १६ गते समापन गरिने बताइएको छ ।

          September 9, 2021 7:46 pm | गीत/संगीत/मनोरञ्जन

प्रतिकृयाहरू :

समाचारहरु: