२९औँ वार्षिक साधारणसभा सम्बन्धी एनएमसीको सूचना

September 7, 2021 8:59 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

२९औँ वार्षिक साधारणसभा सम्बन्धी सूचना

मितिः २०७८/५/२२

संस्थाको २९औँ वार्षिक साधारणसभा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, इटहरीबाट जारी परिपत्रका आधारमा संस्थाको सञ्चालक समितिको मिति २०७८ भदौ २१ गते सम्पन्न बैठकको निर्णय अनुसार तपसिल अनुसारको तालिका बमोजिम एकाइगत आधारमा सम्पन्न हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिलः
१. साधारणसभाका लागि तयार गरिएको प्रतिवेदन २०७८ भदौ २८ गते सार्वजनिक गरिनेछ र सोही मितिबाट सदस्यहरूलाई वितरण प्रारम्भ गरिनेछ । साथै सोही मितिमा संस्थाको वेबसाइट र फेसबुक पेजमा अपलोड गरिनेछ ।

२. प्रतिवेदन संस्था अन्तर्गतका सम्पूर्ण बैंकिङ कार्यालयहरूबाट कार्यालय समयमा प्राप्त गर्न सकिनेछ ।

३. संस्थाको तर्फबाट सार्वजनिक वा वितरित प्रतिवेदनमा उल्लिखित कुनै विषयमा आफ्ना सुझावहरू पेस गर्नुपर्ने भए सदस्यहरूले मिति २०७८ असोज ३ गते आइतबार कार्यालय समयसम्ममा आफ्ना सुझाव, जिज्ञासा तथा टिप्पणीहरू लिखित रूपमा नजिकैको एनएमसी कार्यालयमा बुझाउन सकिनेछ ।

४. सुझाव पेस गर्दा सम्बन्धित कार्यालय वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मासमेत पठाउन सकिनेछ ।

५. संस्थाका बैङ्किङ कार्यालय अन्तर्गतका सेवा केन्द्रहरूलाई साधारणसभा प्रयोजनका लागि एकाई निर्धारण गरिएको छ ।

६. निर्धारण गरिएका प्रत्येक एकाइमा साधारणसभाका लागि तय गरिएका एजेन्डाहरूमा प्रत्येक एकाइमा साधारणसभाको आयोजना गरी समान कार्यसूचीका आधारमा छलफल तथा निर्णय गरिनेछ ।

७. प्रत्येक एकाइगत साधारणसभामा संस्थाको सञ्चालक समिति तथा लेखा समितिको सहभागिता रहनेछ ।

८. तपसिलको मिति र एकाइमा दिनको १२ बजेदेखि ३ बजेसम्म एकाइगत साधारणसभाको आयोजना गरिनेछ ।

एकाइगत साधारणसभा र मिति

९. एकाइगत साधारणसभाको स्थान सम्बन्धित कार्यालयगत उपसमितिले निर्धारण गरे बमोजिम हुनेछ ।

१०. एकाइगत रूपमा साधारणसभाबाट अन्तिम माइन्युट प्रमाणितका लागि प्रत्येक एकाइबाट छानिएका ३/३ जना प्रतिनिधिका बीचमा २०७८ असोज ९ गते शनिबार अन्तिम माइन्युट प्रमाणित साधारणसभा मेचीनगर– १४, दुहागढीस्थित एनएमसी एकीकृत नमुना कृषि फर्म परिसरमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म आयोजना गरिनेछ ।

११. एकाइगत रूपमा आयोजना हुने सम्पूर्ण साधारणसभामा सहभागिताका लागि प्रत्येक एकाइका सदस्यहरूलाई पत्राचार गरिसकिएको छ । कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानी आआफ्नो एकाइको साधारणसभामा सहभागिताका लागि सदस्य महानुभावहरूमा अनुरोध गरिन्छ ।

१२. साधारणसभामा सहभागिता जनाउन कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरू पूर्णरूपमा पालना गर्न सबैमा अनुरोध गरिन्छ ।

१३. अन्तिम माइन्युट प्रमाणित साधारणसभाको विद्युतीय माध्यम (टेलिभिजन/एफएम/सामाजिक सञ्जाल) मार्फत् प्रत्यक्ष प्रशारण गरिनेछ ।

– प्रमुख कार्यकारी अधिकृत

          September 7, 2021 8:59 pm | विज्ञापन,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: