पदम दोङ अभिनित ‘आदिमानव’को छायांकन अन्तिम चरणमा

September 6, 2021 1:28 pm

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘आदिमानव’को छायांकन अन्तिम चरणमा पुगेको जनाइएको छ । राउटे जातिको विषयमा बनेको उक्त चलचित्रको काम ९० प्रतिशत सकिएको निर्माता पदम दोङ्ले जानकारी दिएका छन् ।

साङगे लामाको शब्द, लेखन र निर्देशनमा बनेको उक्त चलचित्रमा सुरज श्रेष्ठको फाइट, सञ्जय लामा बलको छायांकन, भिएफएक्स सम्पादन र संगीत रहेको छ । मुख्य भूमिकामा पदम दोङ्लाई देख्न सकिन्छ ।

‘सिनेमा हल पनि विस्तारै खुल्ने तयारीमा छन् । अब हामीले चलचित्रको सम्पूर्ण काम सकाएर चलचित्र प्रदर्शनको लागि तयारी अवस्थामा बस्छौ । हामीलाई दर्शकहरुले हाम्रो चलचित्र मन पराउनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छौ’ नायक एवम् निर्माता दोङ्ले बताएका छन् ।

          September 6, 2021 1:28 pm | गीत/संगीत/मनोरञ्जन

प्रतिकृयाहरू :

समाचारहरु: