एसियन पदक विजेता नारिकालाई गृह जिल्लामा भव्य स्वागत

September 3, 2021 8:27 am

भद्रपुर । एसियाली खेलकुद प्रतियोगिता अन्तरगत हालै दुबईमा सम्पन्न जुनियर बक्सिङ प्रतियोगितामा कास्य पदक विजेता नारिका राईलाई गृह जिल्लामा भव्य स्वागतसहित सम्मान गरिएको छ ।

भद्रपुर ९ घर भएकी १७ वर्षीया नारिकाले नेपालका विभागीय टोलीले समेत पदक हात नपारी फर्कने अवस्थालाई तोड्दै बक्सिङ संघ झापाबाट प्रतिनिधित्व गरी कास्य पदक जितेकी हुन् । यस्ती सफल खेलाडी गृह जिल्ला आउँदा संघले चन्द्रगढी विमानस्थलमा स्वागत गरेको हो ।

दुबई हुँदै काठमाडौबाट बक्सिङ खेलका प्रमुख प्रशिक्षक दिपक महर्जन, प्रशिक्षक डम्बरबहादुर लिम्बू तथा टिम व्यवस्थापक तर्कराज राईले खेलाडी नारिकालाई लिएर हवाइजहाज मार्फत भद्रपुर आएका हुन् ।

स्वागत तथा सम्मान कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, संघका झापा अध्यक्ष सञ्जीव घोषसहित खेल सम्बद्ध टोलीको सहभागिता थियोे ।

          September 3, 2021 8:27 am | खेलकुद,शिक्षा,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित