कुवेतमा रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न सक्ने

September 2, 2021 2:34 pm

काठमाडौं । कुवेतमा अब रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न मिल्ने भएको छ ।

त्यहाँको पब्लिक अथोरिटी अफ म्यानपावर पाम अन्तर्गत जनसम्पर्क विभागका प्रवक्ता असील अल मज्यादले रोजगारदाताको लागि नयाँ अनलाइन प्लेटफर्म ल्याएको बताउनुभएको हो । भिसासँग सम्बन्धित लेनदेनका कुराहरुलाई समेटिएको नयाँ अनलाइन प्लेटफर्मले रोजगारदातालाई सजिलो हुने असील अलको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ ।

योसँगै अब रोजगारदाताले अनलाइनबाटै आफ्ना श्रमिकलाई एक क्षेत्रबाट अर्को क्षेत्रको भिसा प्रदान गर्न सक्नेछन् । एक ठाउँबाट अर्को ठाउँमा काम गर्नको लागि पठाउन सक्नेछन् । यस्तै आफ्ना श्रमिकहरुको बारेमा पनि अभिलेखिकरण गर्न सजिलो हुने बताइएको छ ।

          September 2, 2021 2:34 pm | परदेश (प्रवास),मिडियाबाट साभार

प्रतिकृयाहरू :

समाचारहरु: