कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने

September 1, 2021 8:03 pm

काठमाण्डौ । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. पौडेलले जानकारी दिए ।

उनले यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने बताए। यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो ।

कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।

          September 1, 2021 8:03 pm | मिडियाबाट साभार,मुख्य समाचार,विविधा,शिक्षा,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित