

अफगानिस्तानबाट ८३३ जना नेपालीको उद्धार

काठमाडौं । अफगानिस्तानबाट ८ सय ३३ जनाको उद्धार गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार हिजो मंगलबार थप ५ जनाको उद्धार भएसँगै जम्मा ८ सय ३३ जनाको उद्धार भएको हो । काबुलमा बाँकी रहेका नेपालीको उद्धारमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेको नेपालीको विभिन्न अन्तर्राष्ट्रिय मिसनहरूसँग समन्वय गरेर सरकारले उद्धार गरिरहेको छ । काबुलमा रहेको अमेरिकी मिसनमा काम गर्ने नेपालीहरूलाई अमेरिकी मिसनले नै स्वदेश फर्काएको छ । अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकको उद्धार गरिसकेको जनाएको छ भने अमेरिकी सेनाले पूर्ण रूपमा अफगानिस्तानबाट फिर्ता भइसकेका छन् ।
अफगानिस्तानमा बाँकी रहेको सबै नेपालीको उद्धारका लागि छलफल र समन्वय तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।
‘अहिले त्यहाँ बाँकी रहनुभएकाहरु सुरक्षित स्थानमा हुनुहुन्छ र सुरक्षित हुनुहुन्छ, उहाँहरूको उद्धारका लागि सरकारले पहल गरिरहेको छ,’ प्रवक्ता लम्सालले भने ,‘हामी छिट्टै उहाँहरूको उद्धारका लागि प्रबन्ध मिलाउँछौँ ।’
काबुल विमानस्थलमा हमला भएपछि परिवारहरू चिन्तामा छन् । अहिले पनि सरकारले त्यहाँ रहेका र सरकारको सम्पर्कमा नआएकाहरूलाई जतिसक्दो छिटो सम्पर्कमा आउन भनिरहेको छ ।
September 1, 2021 11:47 am | परदेश (प्रवास),मिडियाबाट साभार
प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
