इजरायल रोजगारीका लागि आवेदन दिएकाको भाषा परीक्षा भदौ २८ गते हुने

August 31, 2021 12:40 pm

काठमाडौं । सहायक कामदारका लागि इजरायल जान आवेदन दिएकाहरूको भाषा परीक्षा यही भदौ २८ गते हुने भएको छ ।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइनमार्फत आवेदन दिएकाहरू मध्येबाट आवेदन स्वीकृति भएकाहरूको भदौ २८ गते सोमबार विभिन्न परीक्षा केन्द्रहरूमा अङ्ग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

भाषा परीक्षा दिउँसोको १ बजे हुनेछ । परीक्षा केन्द्र र प्रवेश पत्र बारे विभागको वेबसाइट मार्फत जानकारी गराइने विभागले जनाएको छ ।

अङ्ग्रेजी भाषा परीक्षाका लागि विभागले विज्ञ समिति बनाएको छ । त्यही विज्ञ व्यक्तिहरूको सहयोगमा नै परीक्षा सञ्चालन हुनेछ । परीक्षामा परीक्षार्थीले प्राप्त गरेको अङ्क सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा नै देखिने गरी राखिने व्यवस्था गरिएको छ ।

इजरायलले अहिले एक हजार जना सहायक कामदार मागेको छ । जसमा ९ हजार ६९९ जनाको आवेदन परेको विभागले जनाएको छ ।

          August 31, 2021 12:40 pm | परदेश (प्रवास),मिडियाबाट साभार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: