सिंहदेवि माविको दुई तल्ले भवन बीएण्डसी मेडिकल कलेज सञ्चालक प्रसाइले बनाईदिने

August 20, 2021 8:58 pm

झापा । अर्जुनधारा नगरपालिका १ सिस्नेको श्री सिंहदेवि माध्यामिक विद्यालयमा दुई तल्ले पक्की भवन बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले बताइदिने भएका छन् ।

कलेजका अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाइले शुक्रवार एक कार्यक्रमकाबीच उक्त भवनको शिल्यान्यस गरेका हुन् ।

विद्यालयमा कक्षाकोठाको अभाव भएपछि र शैक्षिक गुणस्तरलाई गुणात्मक बनाउन आठ कोठे उक्त भवन बनाईदिन लागेको कलेज सञ्चालक प्रसाईले बताए । चार चार कोठाका दरले कुल आठ कोठा तय गरिएको उक्त भवन छ महिना भित्र निर्माण सम्पन्न हुने समेत उनले जानकारी दिए ।

सो विद्यालयमा हाल नौ सय विद्यार्थीहरु अध्ययनरत छन् । नवनिर्मीत भवन कक्षा कोठाको रुपमा उपयोगमा ल्याइने विद्यालयका प्रधानाध्यापक लक्ष्मी रीजालले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु लाल ढकालको अध्यक्षतामा सिलन्यास कार्यक्रम भएको थियो । विद्यालय भवन बनाउन स्थानीय रानीशोभा राईले निशुल्क जग्गा प्रदान गरेकी हुन् । यसैबीच बीएण्डसीले विद्यालयका जग्गादाता रानीशोभालाई आजिवन निशुल्क उपचार गरिदिने घोषणा गरेको छ ।

          August 20, 2021 8:58 pm | शिक्षा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: