बि एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन

June 11, 2021 7:33 pm

बिर्तामोड । मेडिकल कलेज सञ्चालन गर्न मन्त्रालयबाट आसयपत्र स्वीकृत गराई भौतिक पूर्वाधारसमेत निर्माण पूरा गरी सम्बन्धनको पर्खाइमा रहेको यहाँस्थित बी एन्ड सी हस्पिटले सम्बन्धन पाएको छ ।

चिकित्सा शिक्षा आयोगले बी एन्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको हो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बि एण्ड सीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको जनाइएको छ ।

बैठकले बी एन्ड सीलाई मेडिकल कलेज सञ्चालनका लागि काठमाडौं विश्व विद्यालयबाट सम्बन्धन दिने निर्णय गरेको हो । सो विश्वविद्यालयले बी एन्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिनका लागि आयोगमा सिफारिस दिएको थियो ।

आयोगको बैठकको अध्यक्षता प्रधानमन्त्री केपी ओलीले गरेका थिए । उनी आयोगको अध्यक्ष हुन् । यद्यपी सम्बन्धनको औपचारिक निर्णय सार्वजनिक हुन बाँकी नै छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका अभियन्ता डा. गोविन्द केसीले बी एन्ड सीलाई सम्बन्धन दिने सरकारको तयारीको निरन्तर विरोध गरिहेका छन् । यदि यस्तो निर्णय भएको भए फेरि अनसन बस्ने उनको चेतावनी छ ।

करोडौं रुपैयाँ खर्च गरेर धाइजनमा बनाइएको भौतिक संरचना वर्षौंदेखि उपयोग बिहीन बनेको अवस्थामा मेडिकल कलेज सञ्चालन गर्न सम्बन्धन पाएको खबरले अस्पताल परिवारले खुशी व्यक्त गरेको छ ।

          June 11, 2021 7:33 pm | मुख्य समाचार,शिक्षा,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित