दाङको तुल्सीपुरमा गोली चल्यो

June 11, 2021 2:11 pm

दाङ । दाङको तुल्सीपुरमा ्एक युवाले गोली चलाएका छन् । कूलोको विषयमा विवाद हुँदा एक युवकले गोली चलाएका हुन् । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगर–८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउण्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

          June 11, 2021 2:11 pm | राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित