झापामा दुईजना फरार प्रतिवादी पक्राउ पछि जेल चलान

June 9, 2021 8:32 pm

भद्रपुर । झापा प्रहरीले बैङ्किङ कसुर र चोरी मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरी झापा कारागार भद्रपुर चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा सूचना अधिकारी राकेश थापाले दिएको जानकारी अनुसार कारागार चलान गरिएकाहरुमा भद्रपुर ७ निवासी ३२ वर्षीय सुदिप भट्टराई र वडा १ निवासी ३८ वर्षीय मदन सुब्बा योङहाङ रहेका छन् ।

बैङ्किङ कसुर मुद्दामा भट्टराईलाई उच्च अदालत पाटनले २०७६ मङ्सिर २८ गते दुई दिन कैद, दुई लाख ७५ हजार जरिवाना र पीडित राहत कोषमा २२ हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला सुनाएको थियो । तर, हालसम्म फरार रहेका उनलाई मङ्गलवार पक्राउ गरिएको हो ।

त्यस्तै चोरी मुद्दामा योङहाङलाई पुनरावेदन अदालत इलामले २०७३ वैशाख ७ गते एक महिना १५ दिन कैद र ४७ हजार २८५ रुपैयाँ जरिवाना तोकेको थियो । फरार रहेका योङहाङ बुधबार पक्राउ परेका थिए ।

          June 9, 2021 8:32 pm | लोकप्रिय,समाज

प्रतिकृयाहरू :

समाचारहरु: