झापामा २०४ जना डिस्चार्ज, १७९ संक्रमित थपिए

June 9, 2021 8:08 pm

विर्तामोड । झापामा आज १ सय ७९ जना संक्रमित थपिएका छन् । यो सँगै जिल्ला संक्रिय संक्रमतिको संख्या ४ हजार १ सय ३९ रहेको छ ।

त्यस्तै गरी आज एकैदिन २०४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला विभिन्न अस्पतालमा उपचाररत उनीहरु निको भएपछि डिस्चार्ज भएका हुन् ।

हालसम्म ७ हजार ४ सय ५३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ५ जना संक्रमित पुरुषको मृत्यू भएको छ । आज सबैभन्दा धेरै दमकमा ३८, विर्तामोडमा १८ जना संक्रमित थपिएका छन् ।

          June 9, 2021 8:08 pm | समाज,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: