सिम्रिक साकोस दानाबारी सेवा केन्द्रद्वारा सदस्य राहत रकम प्रदान

June 9, 2021 7:55 pm

विर्तामोड । सिम्रिक साकोस दानाबारी सेवा केन्द्रमा शेयर सदस्य रहि नियमितरूपमा आर्थिक कारोबार गर्दै आएका सदस्यहरुलाई राहत प्रदान गरेको छ । सदस्यहरूमा परेको समस्यालाई केहि हदसम्म आर्थिक मलमपट्टी लगाउन संस्थाले प्रदान गर्ने राहत तथा सुत्केरी सुबिधा बापतको २८ हजार १४५ सदस्यहरुकै घरदैलोमा पुगेर हस्तान्तरण गरेको हो ।

सदस्य सुस्मिता चापागाईंलाई पाठेघरको अप्रेसन बापत ९ हजार, धनमाया राईलाई श्रीमानको मृत्यु भएकाले राहत स्वरुप ५ र रीता राईलाई श्रीमान् बिरामी बापत ७ हजार ४५० प्रदान गरिएको छ ।

त्यस्तै धनराज विश्वकर्मालाई बुहारीको पाठेघर अप्रेसन सहयोग ५ हजार ६९५, सुकमाया राईलाई सुत्केरी सुबिधा बापत ५ हजार, रामचन्द्र खनाललाई बुहारी सुत्केरी सुबिधा बापत ५ हजार प्रदान गरिएको हो । उनीहरुलाई सेवाकेन्द्र प्रमुख ध्रुवकुमार दवाडी साथै संस्थामा कार्यरत अन्य कर्मचारीहरुले उक्त सहयोग रकम प्रदान गरेका थिए ।

          June 9, 2021 7:55 pm | समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: