पूर्व नेपाल साकोसद्वारा अग्नि पीडित सदस्यलाई परिवारलाई राहात प्रदान

June 7, 2021 3:58 pm

कमल । पूर्व नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले अग्नि पीडित परिवारलाई राहात प्रदान गरेको छ ।

शिवसताक्षी नगरपालिका २ स्थित मंगलवारेमा गएको जेष्ठ १० गते राती आगलागीका कारण घरबार विहीन भएकी राई परिवारलाई संस्थाले राहत वितरण गरेको हो । संस्थाकाकी सदस्य समेत रहेकी चन्द्रकला राईलाई खाद्यन्य, लत्ताकपडा, एकथान सिलाई मेसिन र व्यवसायस सञ्चालन गर्न २५ हजार सापटी रकम समेत संस्थाले प्रदान गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. २ मंगलबारेमा राईले सिलाईबुनाई सिलाई कटिङ्ग सञ्चालन गर्दै आएकी थिइन् । आगलागीका कारण सबै नष्ट भएपछि जिविको पार्जनका लागि पुनः व्यवसायमा फर्किन सहयोग गरिएको संस्थाका अध्यक्ष प्रेम सापकोटाले जानकारी दिए ।

आफुलाई समस्या पर्दा संस्थाले सहयोग गरेकोमा चन्द्रकलाले खुसी व्यक्त गरिन् । संस्थाकै सहयोगमा १७ वर्ष अगाडी पाक्षिक रुपमा किस्ता तिर्ने गरी संस्था वाट कर्जा लिएर एउटा मसिन किनेकी थिए । त्यहि मेसिनबाट व्यवसाय सुरु गरेर अहिले ६ वटा सिलाई मेसिन र एउटा ईन्टरलक जोडेको उनले बताइन् । लागलागीबाट आफुले लामो समय मेहेनत गरेर कमाएको सम्पत्ती सबै नष्ट भयो उनले भनिन् । उनका अनुसार यही व्यवसायबाट जोडेको घर अन्य सम्पूर्ण सम्पति ३६लाख रुपैया बरावरको क्षति भएको छ ।

त्यसैगरी सस्थामा आवद्ध सदस्यले कोभिड १९ को संक्रमण पुष्टि भएको आधिकारिक प्रमाण संस्थमा पेश गरेमा त्यस्ता सदस्यलाई पौष्टिक आहारा( मह, ध्यु, च्यामनप्रास लगायत ) औषधि सहित सदस्यको घरघरमा पुर्याउने गरेको सस्थाकी व्यवस्थापक चन्द्रकला ढकालले जानकारी दिइन् ।

          June 7, 2021 3:58 pm | विविधा,समाज,सहकारी


प्रतिकृयाहरू :

समाचारहरु: