सहारा नेपालः बाख्रापालक किसानलाई उन्नत जातको घाँसको विउ

June 3, 2021 8:02 pm

बिर्तामोड । यहाँस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको एग्रो विजनेस यूनिटले सदस्य कृषकहरुलाई उन्नत जातको घाँसको बिउ वितरण थालेको छ । संस्थाको झापास्थित २७ वटा सेवा केन्द्रमार्फत् प्रतिकृषक सदस्य ३ केजीका दरले घाँसको बिऊ वितरण सुरु गरिएको हो ।

संस्थाको एग्रो विजनेस युनिटका प्रमुख डा. कमलेश्वर भाटले दिएको जानकारी अनुसार टिओसेन्टी र सुडान जातका बर्खे घाँसको विउ निशुल्क प्रदान गर्न थालिएको हो । सहारा नेपालको सदस्य भई ब्यावसायिक बाख्रा पालन गर्ने ३०० जना उद्यमी किसानलाई यो वर्ष उक्त परिमाणको घाँसको विउ वितरण गरिने निर्धारण भएको डा. भाटले जनाएका छन् ।

सहारा नेपाल साकोसको कार्यक्षेत्र मध्ये झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम र उदयपुर गरी ६ वटा जिल्लामा व्यवसायिक कृषि तथा पशुपालन गर्ने सदस्यहरुलाई एग्रो विजनेस यूनिटले सेवा पुर्याउँदै आएको छ ।

संस्था अन्तरगतको सो यूनिटले हालको असहज परिस्थितिमा पनि पशु तथा कृषि परामर्श सेवा प्रभावकारी रुपमा उपलब्ध गराउन गत जेठ १५ गतेदेखि जुम एप्स मार्फत तालिम पनि दिइरहेको छ ।

जुम एप्सबाट कृषसँग प्रत्यक्ष कुराकानी गर्ने र कृषि क्रान्ति फेसबुक पेजमा आएका प्रतिक्रिया, सुझाव, टिप्पणी र जिज्ञासालाई सम्बोधन गर्दै पशुपालन तथा कृषि तालिम सञ्चालन गरिँदै रहेको डा भाटले जानकारी दिएका छन् ।

          June 3, 2021 8:02 pm | अर्थतन्त्र,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: