बिर्तामोड नगर अस्पताललाई एमालेको ५० थान अक्सिजन सिलिन्डर

May 16, 2021 3:15 pm

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी एमाले बिर्तामोड नगर कमिटीले बिर्तामोड नगर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर दिने भएको छ ।

अक्सिजनको चरम अभावको मध्यनजर गर्दै ५० थान अक्सिजन सिलिन्डर खरिद गरी बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको नगर कमिटीका सचिव सुभाष भट्टराईले जानकारी दिएका छन् ।

आगामी तीन दिन भित्रमा रकम जम्मा गरी सिलिण्डर खरिद प्रक्रिया अगाडि बढाईने भट्टराईले बताए । प्रति सिलिन्डर १५ हजार पर्ने र ५० वटा लाई ७ लाख ५० हजार रुपैयाँ खर्च हुने भएकाले पार्टी, आम उद्योगी व्यवसायी, जनप्रतिनिधि, कर्मचारी तथा दाता महानुभावहरुलाई महान अभियानमा सहभागी भई आर्थिक सहयोगका लागि अनुरोध गर्दै सचिव भट्टराईले नगर भित्र रहेका बिरामीलाई सहयोग पुग्ने भएकाले यो अभियान थालिएको बताए ।

हाल नगर अस्पतालमा १० वटा अक्सिजन सिलिन्डर रहेको र थप संक्रमित बढ्दै गएकोले पार्टीले सहयोगका हात अगाडि बढाएको बिर्तामोड वडा नम्बर ३ का इन्चार्ज मदन बुढाथोकीले बताएका छन् ।

          May 16, 2021 3:15 pm | मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: