पार्टीभित्रको विवाद मिलाउन प्रधानमन्त्री ओली र नेपालबीच वार्ता जारी

May 16, 2021 2:46 pm

काठमाडौं । एमाले अध्यक्ष एव्म प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप सिंहदरबारमा ‘वान टु वान’ वार्ता सुरु भएको छ ।

दुई नेताबीचको वार्ताबाट विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाइने बताइएको छ ।
गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्य टुंग्याउन छलफलमा बसेका हुन् ।

गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो । माधव नेपाल समूहबाट कार्यदलमा रहने व्यक्ति लगभग टुंगो लागेपनि ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोख्रेलबाहेक अन्यको टुंगो लागेको छैन ।

नेपाल पक्षबाट भने कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने यसअघि नै टुंगो लागेको थियो । ओली आफ्नो तर्फबाट कार्यदलमा रामबहादुर थापालाई समेत राख्ने तयारीमा छन् । तर माधव पक्षले थापालाई राख्न नहुने बताउँदै आएको छ ।

          May 16, 2021 2:46 pm | मुख्य समाचार,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: