अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा पर्ने सम्भावना, सचेत हुन् आग्रह

May 16, 2021 1:53 pm

काठमाडौं । नेपालमा पनि अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। मौसमविद् अर्यालकाअनुसार यो आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ ।

यस्तै तौ ते नाम गरेको यो सामुद्रिक आँधीसँगै पश्चिमी वायु र न्यून चापीय प्रणालीको पनि प्रभाव पर्ने सम्भावना रहेकाले भोलि बेलुकापछि भने देशका धेरै ठाउँको मौसम बदली हुने सम्भावना रहेको छ ।

आज र भोलिको मौसम सामान्यतया सफा नै रहे पनि त्यसपछिका एक दुई दिन धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् अर्यालले बताए । यो आँधीको प्रभाव र अवस्था हेरेर सूचना सार्वजनिक गर्ने मौसमविद्को तयारी छ ।

तौ ते समुद्री आँधीका कारण भारतको केरलामा दुई जनाको ज्यान गएको छ । गुजरात, महाराष्ट्र, केरलासँगै तमिलनाडुमा यो आँधीको असर पर्ने त्यहाँको मौसम विभागले जनाएको छ । यी राज्यमा उच्च सतर्कता पनि अपनाइएको छ । तमिलनाडुमा ठूलो वर्षाको पनि अनुमान गरिएको छ ।

          May 16, 2021 1:53 pm | राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: