१८ हजार अक्सिजनका सिलिन्डर नेपाल आइपुग्यो

May 16, 2021 12:22 pm

काठमाडौँ । चीनबाट ल्याइएको १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल आइपुगेको छ ।

स्थलमार्ग हुँदै सरकारले आज १८ हजार सिलिन्डर नेपाल ल्याएको हो । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । उनका अनुसार तातोपानी नाकामा चीन सरकारले सिलिन्डर हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । १८ हजार आइसकेपछि बाँकी एक हजार छ सय सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

यस्तै आजै चीनबाट पाँच सय ५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा पाँच सय ६० खाली सिलिन्डर आएको थियो ।

कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

          May 16, 2021 12:22 pm | अर्थतन्त्र,राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: