मंगलबार थपिए ७,६६९ संक्रमित, ५५ जनाको मृत्यु

May 4, 2021 5:34 pm

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५५ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको हो । यसैगरी ७ हजार ६६९ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

 

 

 

 

          May 4, 2021 5:34 pm | राष्ट्रिय समाचार,समाज,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: