कनकाई नगरपालिकामा अत्यावश्यक काम बाहेकका सेवा स्थगित

May 4, 2021 2:18 pm

विर्तामोड । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेपछि कनकाई नगरपालिकाले अत्यावश्यक काम बाहेकका सेवा स्थगित गरेको छ ।

बैशाख २१ गतेदेखि २६ गतेसम्मका लागि अत्यावश्यक काम बाहेकका सेवा स्थगित गरिएको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिए ।

कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणले सेवा प्रवाहलाई थप जोखिम भएकोले सेवा स्थगित गरिएको बताइएको छ । कनकाई नगर कार्यालय, ९ वटै वडा कार्यालयहरुको अत्यावश्यक सेवा स्थगित गरिएको छ ।

          May 4, 2021 2:18 pm | मुख्य समाचार,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: