चट्याङले लागेर किचकवधका असई ठाकुरको मृत्यु

May 4, 2021 8:34 am

बिर्तामोड । झापाको किचकबधमा गएराति चट्याङले लागेर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको छ ।

राति १० बजेतिर साइकलमा रात्रि गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा दुईजना रहेका थिए । सँगै रहेका प्रहरी हवल्दारलाई केही नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

          May 4, 2021 8:34 am | समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: