प्रदेश १ मा आज ६०७ कोरोना संक्रमित थपिए

May 3, 2021 6:59 pm

विराटनगर । प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९७ महिला र १२९ पुरुषसहित २२६, सुन्दरहरैंचामा २०, जहदामा ७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरीमा ४, पथरी शनिश्चरे र बेलबारीमा ३–३, लेटाङ, रंगेली र सुनबर्षीमा २–२ जना संक्रमित थपिएका छन् । यसैगरी धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जना छन् ।

झापाको बिर्तामोडमा ४०, दमकमा २८, भद्रपुरमा २४, अर्जुनधारा, मेचीनगर र गौरादहमा ११–११, कनकाईमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षी, बुद्धशान्ति, हल्दिबारी र बाह्रदशीमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसरी नै सुनसरीको इटहरीमा ३७, धरानमा ३१, इनरुवामा १६, रामधुनी र बर्जुमा ४–४, दुहवी र गढीमा ३–३, बराहक्षेत्रमा २ र हरिनगरमा १, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढीमा ३, उदयपुरगढी र बेलकामा २–२ जना संक्रमित थपिएका छन् । धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर, शहिदभूमि र साघुरीगढीमा १, संखुवासभाको खाँदबारीमा ६, इलामको रोङमा ४, माई, इलाम र सन्दकपुरमा १–१, खोटाङको साकेलामा २, बराहपोखरीमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १, तेह्रथुम र भोजपुरमा १–१, र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजारजना ७९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ३५७ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

          May 3, 2021 6:59 pm | प्रदेश तह,मुख्य समाचार,राष्ट्रिय समाचार,समाज,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: