एक वर्षका लागि अवकाश प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई करारमा भर्ना गरिने

May 3, 2021 6:43 pm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाशप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताएका छन् ।

सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने उद्घोष गरेका हुन् ।

“कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ,” उनले भने, “जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम दण्डित गरिनेछ ।”

          May 3, 2021 6:43 pm | मिडियाबाट साभार,राष्ट्रिय समाचार,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु: