बिहीवारदेखि अन्तर्राष्ट्रिय उडान बन्द, भारतमा हप्तामा दुई वटा फ्लाइट

May 3, 2021 6:35 pm

काठमाडौं । सरकारले आउँदो बिहीवारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ गते बिहीवार राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए । तर भारतसँग भने हप्तामा दुई वटा उडान गर्ने सरकारको निर्णय छ । आन्तरिक उडान आजै रातिदेखि बन्द हुँदैछन् ।

स्थल मार्गबाट विदेशीको आवागमन बन्द गरिएको पनि ओलीले जानकारी दिए ।

          May 3, 2021 6:35 pm | अर्थतन्त्र,मिडियाबाट साभार,राष्ट्रिय समाचार,समाज


प्रतिकृयाहरू :

समाचारहरु: