लक्ष्य भन्दा २ करोड धेरै नाफा कमाउदैँ विर्तामोडको कर्णाली साकोस

April 25, 2021 5:41 pm

विर्तामोडबाट सन्चालित कर्णाली सहकारीले लक्ष्य भन्दा २ करोड रुपैया धेरै नाफा   कमाउने भएको छ ।

गत वर्ष कोभिडको महामारीको विपदलाई लक्ष्य गरि ८ करोड नाफाको योजना बनाएको कर्णाली साकोसले यो आर्थिक वर्षमा  १० करोड नाफा कमाउन यात्रा तय गरेको हो ।

आइतवार विर्तामोडस्थित केन्द्रिय कार्यलय परिसरमा पत्रकार सम्मेलन गर्दै सहकारीले १० करोड नाफा कमाउने योजना पास भएको बताएको हो ।

सस्थाको अध्यक्ष टस बहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा आफ्ना त्रैमासिक समिक्षागत अवधारणा लाइ सार्वजनिक गर्दै १० करोड नाफा कमाउन यात्रा तय गरिएको बताएका हुन।
हाल झापा सहित इलाम र मोरगँमा सेवा विस्तार गरेको कर्णाली सहकारीले १सय २४ जना महिला कर्मचारी सहित २ सय ३ जनालाइ रोगजारी दिदै आएको छ ।

आउने असार सम्ममा थप ३८ जना लाइ रोगजारी दिने तयारी गरीरहेको यो सहकारीमा ३८ हजार शेयर सदस्य रहेका उपाध्यक्ष इस्वोरी खरेलले जानकारी दिएका छन । बजारमा २ अर्व ७५ करोड रुपैया लागनी गरेको यो सस्थाँले गत साउन देखि चैत्र मसान्त सम्ममा ३०करोड रुपैया आम्दानी गरिसकेको सचिव भुपाल बस्नेतले बताए ।

          April 25, 2021 5:41 pm | अर्थतन्त्र,प्रदेश तह,समाज,सहकारी,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: