आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा

April 20, 2021 10:45 am

काठमाडौं । काठमाडौंमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदैछ । पहिलो दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथ तानेर असन पुर्‍याइने सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति असनमा मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गरी जात्रा मनाइने समितिका अध्यक्ष नीलकाजी शाक्यले बताए ।

३२ हात लामो रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रवहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

          April 20, 2021 10:45 am | मिडियाबाट साभार,मुख्य समाचार,राष्ट्रिय समाचार,लोकप्रिय,समाज


प्रतिकृयाहरू :

समाचारहरु: