आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

April 12, 2021 7:34 am

काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ।

चेन्नईमा गएराति भएको खेलमा कोलकाताले हैदराबादलाई १० रनले हराएको हो । कोलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो ।

हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले नितिश राणाको ८० र राहुल त्रिपाठीको ५३ रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो ।

आईपीएलमा आज राति राजस्थान रोयल्स र किङ्ग्स इालेभेन पञ्जाब खेल्दैछन् ।

          April 12, 2021 7:34 am | खेलकुद,मिडियाबाट साभार


प्रतिकृयाहरू :

समाचारहरु: