
नेप्से झिनो अंकले घट्यो, सेन्सेटिभ इन्डेक्स भने बढ्यो

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ । नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ दशमलव ६१ अंकमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०।६२ अंकले बढेर ४ सय ७६ दशमलव ८० अंकमा रोकिएको छ ।
कारोबार रकम भने ७ अर्ब नाघ्यो । दिनभर भएका ७५ हजार २६५ कारोबारबाट २१५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ पुगेको छ ।
समूहगत इन्डेक्सहरु धेरै जसो घटेका छन् । व्यापार समूह १६३ अंकले घटेको छ घने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको छ । निर्जिवन बीमा समूह, उत्पादन मूलक जीवन बीमा र लगानी समूहमा रहेको कम्पनीहरुको पनि सेयर मूल्य घटेको छ ।
उता बैंकिङ समूहको सबइन्डेक्स भने ५ दशमलव २३ अंकले बढेको छ भने होटल तथा पर्यटन २३२ दशमलव ६४ अंकले उकालो लागेको छ । विकास बैंक ४० दशमलव ५२ अंकले उकालो लाग्दा लघुवि१ १०७ दशमलव ४४ अंकले बढेको छ ।
April 7, 2021 4:01 pm | अर्थतन्त्र,मिडियाबाट साभार,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

Social Security Fund asks employers to join scheme, luring those concerned with revised pension plans

चितवनमा ट्र्याक्टर दुर्घटना पाँचको मृत्यु

आज प्रतिनिधि सभा बैठक बस्दै

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

कमल गाउँपालिकामा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

प्रदेश १ मा ७ संक्रमित थपिए

शिक्षा मन्त्रालयले सरोकारवाला निकायलाई छलफलको लागि बोलायो

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित
