
कमल गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन विषयक अन्तरक्रिया

कमल । स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्डबारे विहीबार झापाको कमल गाउँपालिकामा समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकारले तोकेको स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड कार्यान्वयन सुदृढिकरण सम्वन्धि स्वास्थ्य चौकी तोपगाछीको आयोजनामा गाउँपालिकाका जनाप्रतिनिधी, स्वास्थ्य चौकी व्यास्थापन समिती, कर्मचारीसहितको उपस्थितीमा समिक्षात्मक कार्यक्रम सम्पन्न भएको हो ।
स्थानिय तहमा सन्चालनमा रहेका स्वास्थ्य संस्थाको न्युनतम आधारभूत मापदण्डमा रहेर गुणस्तरीय सेवा प्रभावगर्न गर्नु पर्ने भएकाले स्वास्थ्य चौकी सन्चालनमा आवश्यक पर्ने सम्पुर्ण समानको व्यावस्था गर्न सविंधानले नै एकल अधिकार स्थानिय तहलाई जिम्मेवारी दिएको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जिवन चम्लागाईले बताए ।
आफु निर्वाचित भएर आएपछि स्वास्थ्य चौकीको गुणस्तर सुधारका लागी धेरै काम गरेका छौ । कमल गाउँपालिका बासीलाई स्वास्थ्य चौकीबाट अधिक्तम सेवा दिन स्वास्थ्य चौकीको गुणस्तर सुधार गर्न लागी परेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले बताइन् ।
विकास निर्माणले मात्र जनताका सबै आवश्यकता पुरा हुँदैन । हिजोका भन्दा आज स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन भएको छ । नागरिक स्वस्थ्य भएमात्र सम्बृद्ध नेपाल सुखी नेपालीको नारा पुरा हुने कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले बताए ।
April 1, 2021 8:33 pm | स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

Social Security Fund asks employers to join scheme, luring those concerned with revised pension plans

चितवनमा ट्र्याक्टर दुर्घटना पाँचको मृत्यु

आज प्रतिनिधि सभा बैठक बस्दै

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

कमल गाउँपालिकामा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

प्रदेश १ मा ७ संक्रमित थपिए

शिक्षा मन्त्रालयले सरोकारवाला निकायलाई छलफलको लागि बोलायो

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित
