बागमतीका मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ता

March 31, 2021 10:33 am

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ ।

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् ।

यसअघि नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरु विरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।

गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल–नेपाल पक्षले मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।

यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि हिजो नै फिर्ता भएको छ ।

          March 31, 2021 10:33 am | प्रदेश तह,मुख्य समाचार,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: