
कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना

काठमाडौं । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ। स्थानीय प्रशासनले यस्तो निर्देशन दिएको हो ।
यही मार्च २२ तारिख चैत ९ गतेभित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो। स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण नगरे २० देखि ३० लाख कोरियन वनसम्म जरिवाना तिर्नुपर्ने हुनसक्ने बताइएको छ। पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केही कम्पनीमा कार्यरत विदेशी कामदारमा सामूहिक सङ्क्रमण देखा परेपछि स्थानीय सरकारले सो नियम ल्याएको हो ।
स्थानीय सरकारले कोरोना परीक्षणका लागि विदेशी काम गर्ने कम्पनीमा सम्पर्क गर्ने, विभिन्न माध्यमबाट सूचना दिनेलगायतका कार्य गरेर जानकारी दिएको जनाएको छ। कोरोना परीक्षण वैधानिक तथा अवैधानिक सबै कामदारले समेत अनिवार्यरूपमा गर्नुपर्नेछ। अवैधानिक कामदारको हकमा कुनै पनि परिचय खुलाउनुपर्ने छैन। परीक्षण सबैले निःशुल्करूपमा प्राप्त गर्नेछन ।
विभिन्न स्थानमा क्याम्प खडा गरी भइरहेको परीक्षणका सम्बन्धमा आफूले काम गर्ने कम्पनीको कार्यालयमा बुझ्दा कसरी परीक्षण गर्ने भन्ने कुराको पूर्ण जानकारी प्राप्त हुनेछ ।
ख्याङ्गिदो प्रान्तमा २५ हजार रोजगारदाताले विदेशी कामदार राखेको अनुमान गरिन्छ। व्यवसायको हकमा कम्पनीमा कम्तीमा एक विदेशी कामदार रहे पनि मार्च २२ सम्म अनिवार्यरूपमा कोरोना परीक्षण गरेको हुनुपर्ने निर्देशन गरिएको छ। हालसम्मको तथ्याङ्कअनुसार कोरियाको ख्याङ्गिदो प्रान्तमा रहने एक हजार ७४७ विदेशीले कोरोना भाइरस परीक्षण गरेका छन् ।
नागरिकदैनिक
March 11, 2021 11:04 am | परदेश (प्रवास)
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

Social Security Fund asks employers to join scheme, luring those concerned with revised pension plans

चितवनमा ट्र्याक्टर दुर्घटना पाँचको मृत्यु

आज प्रतिनिधि सभा बैठक बस्दै

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

कमल गाउँपालिकामा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

प्रदेश १ मा ७ संक्रमित थपिए

शिक्षा मन्त्रालयले सरोकारवाला निकायलाई छलफलको लागि बोलायो

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित
