
कांग्रेस नेतृ प्रसाईलाई लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मान

बिर्तामोड । वीरता लेडी जेसीजसहित झापाका ३५ वटा विभिन्न सामाजिक संस्थाले नेपाली कांग्रेसकी नेतृ, समाजसेवी गिरीराजकुमारी प्रसाईलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेका छन् । वीरता लेडी जेसीजले पहिलो पटक उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरी १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज प्रसाईलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको हो ।
राजनीति तथा समाज सेवामार्फत् सामाजिक रुपान्तरणमा टेवा पुर्याएको ठहर गर्दै बिर्तामोड ५ देवीबस्ती निवासी ९० वर्षीया प्रसाईंलाई सम्मान प्रदान गरिएको अध्यक्ष स्वस्तिका आचार्यले बताइन् । वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुको अगुवाइमा भएको कार्यक्रममा जेसीजको तर्फबाट प्रसाईंलाई पदक तथा सम्मान पत्र प्रदान गरिएको थियो । अरु ३५ वटा संस्थाको तर्फबाट एउटै सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
सम्मानमा आवद्ध संस्थाका प्रमुख तथा प्रतिनिधिले उत्कृष्ट नारी प्रसाईंलाई मायाको चिनो तथा खादा पहिर्याएर सम्मान गरेका थिए ।
उत्कृष्ट नारी सम्मान छनौट समितिका संयोजक तथा नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीले २०७७ को उत्कृष्ट नारीको रुपमा प्रसाईंको नाम घोषणा गरेकी थिइन् । उत्कृष्ट नारी सम्मान छनौट समितिमा सञ्चारकर्मी कुमार भट्टराई र वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवाल सदस्य रहेका थिए ।
उत्कृष्ट नारी सम्मान कार्यक्रमका संयोजक लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेडी जेसीजकी पूर्व अध्यक्ष देवी भण्डारीले शाब्दिक स्वागत गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि पवित्रा महतारा प्रसाईं, सम्मानित व्यक्तिको तर्फबाट बुहारी संगीता प्रसाईं र वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेलले झापा जिल्लामा असल र उत्कृष्ट काम गर्नेलाई प्रेरित गर्न तथा अरुलाई पनि त्यस्तै कार्यका लागि सकारात्मक प्रेरणा प्रदान गर्न वीरता लेडी जेसीजले उत्कृष्ट नारीको चयन गरी यस वर्षदेखि सम्मान गर्न शुरु गरेकोमा अध्यक्ष स्वस्तिका आचार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा अध्यक्ष आचार्यले फरक फरक विधामा सक्रिय महिलालाई उत्कृष्ट नारी घोषणा गरी प्रत्येक वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा सम्मान गरिने जानकारी दिइन् । कार्यक्रममा उत्कृष्ट नारी सम्मानको औचित्य माथि पूर्व अध्यक्ष राधा सुव्वाले प्रकाश पारेकी थिइन् ।
March 7, 2021 7:22 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

Social Security Fund asks employers to join scheme, luring those concerned with revised pension plans

चितवनमा ट्र्याक्टर दुर्घटना पाँचको मृत्यु

आज प्रतिनिधि सभा बैठक बस्दै

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

कमल गाउँपालिकामा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

प्रदेश १ मा ७ संक्रमित थपिए

शिक्षा मन्त्रालयले सरोकारवाला निकायलाई छलफलको लागि बोलायो

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित
