दूधे माविमा आमाको स्मृतिमा छोरी ज्वाइँद्वारा अक्षयकोष स्थापना

March 4, 2021 8:24 pm

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा स्व. माया माङ्धुम्बो  थेवे स्मृति अक्षयकोष २०७७ स्थापना गरिएको हो ।

अक्षय कोषमा १ लाख ११ हजार १ सय ११ रुपैया रकम समेत जम्मा गरिएको विद्यालयका प्र.अ. कालीप्रसाद रिजालले जानकारी दिए । सो अक्षयमा जम्मा गरिएको रकमबाट आएको व्याजले विद्यालयका आधारभूत तह उत्तीर्ण परीक्षामा उत्कृष्ट गरिब तथा जेहेन्दार विद्यार्थी एक छात्र र छात्रालाई प्रदान गरिएको बताइएको छ ।

अक्षयकोष आफ्नी आमाको स्मृतिमा शिवसताक्षी न.पा. वडा नं. ९ हाल हङ्कङ निवासी छोरी ज्वाइँ सीता थेवे र अशोक माबोले स्थापना गरेको विद्यालय शिक्षक यादवप्रसाद घिमिरेले जानकारी दिए ।

उक्त अक्षयकोषको रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष भैरवकुमार श्रेष्ठ र प्र.अ. कालीप्रसाद रिजाललाई एक कार्यक्रमका बीच संरक्षक शिवमाया थेवेले चेक हस्तान्तरण गरेकी थिइन् ।

 

          March 4, 2021 8:24 pm | समाज

प्रतिकृयाहरू :

समाचारहरु: