
चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा
March 4, 2021 8:15 pm

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
बिहीबार चन्द समूहसँग भएको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरिएको थियो । यो सहमतिलाई बिहीबार साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले जानकारी दिए ।
शुक्रबार सहमति घोषणा गर्ने विशेष कार्यक्रममा चन्द सार्वजनिक हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्ने तयारी छ । हिंसात्मक गतिविधिलाई अगाडि बढाउँदै शान्तिपूर्ण वार्तामा आउन नमानेपछि केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गरेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

Social Security Fund asks employers to join scheme, luring those concerned with revised pension plans

चितवनमा ट्र्याक्टर दुर्घटना पाँचको मृत्यु

आज प्रतिनिधि सभा बैठक बस्दै

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

कमल गाउँपालिकामा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

प्रदेश १ मा ७ संक्रमित थपिए

शिक्षा मन्त्रालयले सरोकारवाला निकायलाई छलफलको लागि बोलायो

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित
