शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. १ विजयी

March 4, 2021 7:58 pm

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फूटबल प्रतियोगितामा विहीबार भएको खेलमा वडा नं. १ विजयी भएको छ । ट्राइबेकर वडा नं. ११ लाई ५–४ गोल अन्तरले हराउँदै वडा नं. १ विजयी भएको हो ।

खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । वडा नं. १ र ११ ले निर्धारित समयमा दुवै तर्फबाट १÷१गोल गरेका थिए ।

ट्राइवेकरमा वडा नं. का खेलाडी सिमसोन मेचे, रोहित बस्नेत, विवेक नेम्वाङ्ग, मुस्कान चेम्जोङ्गले र विनोद चेम्जोङ्गले गोल गरेका थिए भने वडा नं. ११ तर्फबाट सन्जोग मगर, सागर लिम्बु, आकाश पौडेल र मिलन पोख्रेलले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच वडा नं. १ का गोल किप्पर सिमन मेचे घाषित भए ।

खेलको विजेता ७५ हजार पाउने छ भने उप विजेता ४१ हजार सहित मेडल तथा प्रमाण प्राप्त गर्ने छन् । भोली शुक्रबार शिवसताक्षी भेट्रान र वडा नं. २ बीच हुने नगर खेलकुद विकास समितिले जनाएको छ।

          March 4, 2021 7:58 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु: