राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बुद्धशान्तिको अध्यक्षमा नेम्बाङ सर्वसम्मत

March 4, 2021 7:57 pm

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा सौन्दर्यकला गरिरहेका व्यवसायीहरुको प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश १ का अध्यक्ष आशाकुमारी लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि लिम्बूले महिलाहरुलाई आत्मानिर्भर हुनको लागि सौन्दर्यकर्मी पेशाले निकै महत्वपूणर् भूमिका खेलेको बताइन् । उनले महिलाहरूलाई स्वरोजगारको माध्यम बनेका सौन्दर्यकर्मलाई गाउँ गाउँमा पनि बिस्तार गर्न र सौन्दर्यकर्मी महिलाहरु संगठित हुन आवश्यक रहेकोले यस्तो संगठन बनाइएको बताइन् ।

अधिवेशनले अनु नेम्बाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बुद्धशान्ति गाउँ समितिका अध्यक्ष भीमा बस्नेतको अध्यक्षतामा प्रथम अधिवेशन सम्पन्न भएको हो ।

सो अधिवेशनमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रीय सदस्य धनकुमारी कन्दङवा, प्रदेश १ सदस्यहरु गङ्गा चर्माकार, स्मृति ठकुरीको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन गोमादेवी पौडेलले गरेकी थिइन् भने कार्यक्रममा उपस्थितहरुलाई भिशिका श्रेष्ठले शब्द स्वागत गरेकी थिइन् ।

          March 4, 2021 7:57 pm | अर्थतन्त्र,लोकप्रिय,समाज

प्रतिकृयाहरू :

समाचारहरु: