६७ जनामा कोरोना संक्रमण

March 3, 2021 5:01 pm

झापा । नेपालमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३३९९ नमूना परीक्षण गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ३६१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६०५ पुगेको छ ।

          March 3, 2021 5:01 pm | राष्ट्रिय समाचार,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: