सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

March 3, 2021 3:40 pm

झापा । स्पेनिस कोपा डेल रेमा आज सर्वाधिक ३० पटकको विजेता टोली बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ । सेमिफाइनलको दोस्रो लेगको उक्त खेल नेपाली समयानुसार राति १ः४५ बजे हुनेछ ।

बार्सिलोनाको मैदान क्याप नोउमा दुवै टोली एर्काकामाथि जित निकाल्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछन् । यसअघि पहिलो लेगको खेलमा सेभिल्लाले बार्सिलोनालाई हराएका कारण आजको खेलमा घरेलु टोली केही दवावमा हुनेछ ।

यसै साता ला लिगाअन्तर्गतको खेलमा बार्सिलोनाले सेभिल्लालाई उसैका मैदानमा हराएको थियो । यसैले पनि बार्सिलोनाले आफ्नो मैदानमा सेभिल्लाविरुद्ध कमब्याक गर्नसक्ने अपेक्षा गरिएको छ ।

          March 3, 2021 3:40 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु: